अध्यागमन महानिर्देशकमा निरौला, २२ जना सहसचिव र उपसचिवको सरुवा
काठमाडौं । गृह मन्त्रालयले २२ सहसचिव र उपसचिवको सरुवा गरेको छ।
गृहले मंगलबार विभिन्न जिल्लामा २२ जना सहसचिव र उपसचिवको सरुवा गरेको हो ।
जसमा लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशकमा सहसचिव कोषहरी निरौलालाइ पठाइएकाे छ । ६ फागुनमा तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङरिुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेपछि विभाग महानिर्देशकविहीन थियो ।
त्यस्तै त्रिभुवन अन्तराष्ट्रिय विमास्थल अध्यागमन कार्यालयका प्रमुख गोगनबहादुर हमालको राष्ट्रिय विपद जोखिम न्यनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ । उनको ठाउँमा नरबहादुर थापालाई पठाइएको छ । यसैगरी गृहले ११ जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ ।
संखुवासभामा ध्रुबहादुर खड्का, अर्घाखँचीमा सूर्यबहादुर क्षेत्री, लमजुङमा बुद्धबहादुर गुरुङ, ओखलढुंगामा नारायण ढकाल, रोल्पामा खिमबहादुर रायमाझी, जाजरकोटमा ऋषिराज आचार्य, धनुषमा रामराज कडरियालाई, खोटाङमा शिवकुमार कार्की, दार्चुलामा यज्ञराज जोशीलाई दार्चुला, तेह्रथुममा मिना अर्याल र ताप्लेजुङमा रवीन्द्र आचार्यलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ।


Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएका त्रुटि, अनियमितता र भ्रष्टाचारसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद...
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
‘कांग्रेसको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्ने बताएका छन्। कांग्रेस स्याङ्जा क्षेत्र नं.१ को...