नेपाल प्रहरीका १४१ डीएसपीको सरुवा, को कहाँ (नामवलीसहित)
काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ।
सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउनेछन्।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको अन्तर्राष्ट्रिय उडानतर्फ अनिल ठकुरीलाई ल्याइएको छ। उनी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भैरहवामा कार्यरत थिए।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी रेवतीरमण पोखरेललाई इलाका प्रहरी कार्यालय बर्दिबास सरूवा गरिएको छ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दुर्गा प्रसाद दाहाललाई सरूवा गरी प्रहरी प्रधान कार्यालय विमानस्थल समन्वय शाखा तानिएको छ।
उनको स्थानमा प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा कार्यरत डिएसपी सुवास हमाल पठाइएको छ। उनको स्थानमा जिल्ला प्रहरी कार्यालय रोल्पामा कार्यरत डिएसपी श्याम कुमार सारूमगरलाई पठाइएको छ।
त्यस्तै सिआइबीका अर्का डिएसपी डा. तपन कुमार दाहाललाई पनि प्रहरी प्रधान कार्यालय तानिएको छ। उनको स्थानमा
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी डिल बहादुर मल्ललाई प्रहरी वृत्त ललितपुर पठाइएको छ। उनको स्थानमा नगर प्रहरी कार्यालय काठमाडौंका डिएसपी रोशन खड्कालाई पठाइएको छ।
को कहाँ पुगे ?
Comments
अरु समाचार
-
राष्ट्रपति भेट्न शीतल निवास पुगे दाहाल
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति...
-
वर्तमान सरकार नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउन प्रतिबद्धत छ
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्तमान सरकारले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएको छ। हालै सम्पन्न सचिवालय...
-
पूर्वराजा राप्रपाको सभापति बन्न देउवाले दिएको सुझावले ज्ञानेन्द्र आक्रोशित
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुर्व राजा ज्ञानेन्द्र शाहलाई राप्रपाको सभापति बन्न दिएको सुझावले राजावादीहरू आक्रोशित भएका छन्...
-
६ दिन पछि आज बल्ल बढ्यो सेयर बजार परिसूचक
काठमाडौं । गत सातादेखि निरन्तर ओरालो लागिरहेको पुँजीबजार आज थामिएर हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.१०...
-
नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने
काटाडौं । त्रिभुवन विश्वविद्यालयले गत चैत पाँच गते देशैभरिका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेको...
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...