ताजा समाचार

प्रतितोलामा एक हजार तीन सयले घट्यो सुनको मूल्य

काठमाडौँ । बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।

बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख २७ हजार आठ सयले कारोबार भएको थियो । आज एक लाख २६ हजार पाँच सय मूल्य कायम गरिएको छ । यस्तै तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख २७ हजार दुई सयमा कारोबार भएकोमा आज रु एक लाख २५ हजार नौ सय मूल्य कायम गरिएको हो ।

चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला रु एक हजार पाँच सय ५५ मा कारोबार भएकोमा आज प्रतितोला रु एक हजार पाँच सय कायम गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org