अछाममा ट्याक्टर दुर्घटना, पाँचजनाको मृत्यु
अछाम । अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ । मेल्लेख–७, नन्देगडाको सुयडीमा सोमबार भएको सो दुर्घटनामा तीनजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रंग धामी, १५ वर्षीय जनक धामी, ४५ वर्षीय प्रेम धामी, ३७ वर्षीय नरबहादुर धामी र २१ वर्षीय जनक धामी रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिए ।
षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडीनजिकै दुर्घटना भएको हो । दुर्घटनामा ४२ वर्षीय लालबहादुर धामी, ४० वर्षीय हंस धामी र १५ वर्षीय देवेन्द्र धामी घाइते भएका प्रहरी निरीक्षक साउदले बताए ।
मृतक र घाइते एउटै वडाका बासिन्दा हुन् । घाइते तीनैजनालाई उपचारका निम्ति बयलपाटा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौं । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल...
-
राष्ट्रिय मुद्धामा एकढिक्का हुने सत्तारुढ दलहरुको निष्कर्ष
काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
काठमाडौं । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुन्छन् । “लामो समय वैदेशिक रोजगारीमा...
-
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ...
-
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
काठमाडौं । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन...
-
सत्तारुढ दलहरुको बैठकमा आज सरकारका सय दिनको समीक्षा गरिँदै
काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको...
-
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
वीरगञ्ज (पर्सा), ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट...