उच्च रक्तचाप र मधुमेहका बिरामीलाई आर्थिक सहयोग
काठमाडौँ । टोखा नगरपालिकाले क्षेत्रका उच्च रक्तचाप र मधुमेहका बिरामीलाई रु पाँच हजार नगद सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले उच्च रक्तचाप र मधुमेहका बिरामीलाई जनही रु पाँच हजार नगद सहयोग गर्न लागिएको जानकारी दिनुभयो । औषधि सेवन गरेका बिरामीले नागरिकता, टोखा नगरपालिकाको स्थायी बासिन्दा भएको खुल्ने कागजात, चिकित्सकको ‘प्रेस्किप्सन’, औषधि खरिद गरेको बिल पेस गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो ।
टोखा नगरपालिकाले ‘मेयर दीर्घायु निःशुल्क स्वास्थ्य परीक्षण’ कार्यक्रम पनि सुरु गरेको छ । नगरभित्रका ६० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने उद्देश्यले उक्त कार्यक्रम थालिएको प्रमुख प्रशासकीय अधिकृत बिसीले बताउनुभयो ।
Comments
अरु समाचार
-
भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङबीच रुसमा भेटवार्ता हुने
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिङपिङले बुधबार पाँच वर्षमा पहिलो पटक द्विपक्षीय बैठक गर्ने भारतीय...
-
शुक्लाफाँटामा जङ्गल सफारी खुला
काठमाडौं । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । गत बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि शुक्लाफाँटामा जङ्गल...
-
राष्ट्रिय मुद्धामा एकढिक्का हुने सत्तारुढ दलहरुको निष्कर्ष
काठमाडौं । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरूको आजको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्दामा...
-
बङ्गलादेशमा राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग, प्रदर्शनकारीद्वारा राष्ट्रपति भवन कब्जा
काठमाडौं । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् । यसअघि मङ्गलबार दिउँसो...
-
वार्षिक सात टन मह उत्पादन गरेर कुस्त कमाउँदै घोराहीका घर्ती
काठमाडौं । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुन्छन् । “लामो समय वैदेशिक रोजगारीमा...
-
पर्वतको तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण
काठमाडौं । ग्रामीण क्षेत्रका गर्भवतीलाई सुरक्षित रूपमा प्रसूति सेवा उपलब्ध गराउने उद्देश्यले मोदी गाउँपालिका–६ तिलाहारमा सुविधासम्पन्न प्रसूतिगृह निर्माण भएको छ...
-
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
काठमाडौं । सङ्खुवासभाकी फुपु पोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन...
-
सत्तारुढ दलहरुको बैठकमा आज सरकारका सय दिनको समीक्षा गरिँदै
काठमाडौं । सत्तारुढ दलहरुको बैठक आज बस्दैछ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको...
-
वीरगञ्जबाट पेट्रोलियम पदार्थको आयात २५ प्रतिशतले घट्यो
वीरगञ्ज (पर्सा), ७ कात्तिकः मुलुकको निर्माण क्षेत्रको गतिविधि सुस्ताउँदा वीरगञ्ज भन्सार नाका हँुदै हुने पेट्रोलियम पदार्थको आयातमा पनि उच्च गिरावट...