ताजा समाचार

उर्मिला अर्यालले दिइन् राष्ट्रियसभा उपाध्यक्षबाट राजीनामा

काठमाडाैँ । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छिन् ।

उनले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी छिन् । अर्याल २०७९ माघमा राष्ट्रियसभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् ।

अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित भएपछि माओवादी केन्द्रकै अर्यालले गठबन्धनमा भागवण्डा मिलाउन राजीनामा दिएकी हुन् । दाहाल २९ फागुनमा अध्यक्ष निर्वाचित भएका थिए । उनी एमालेलगायत दलको समर्थनमा अध्यक्ष निर्वाचित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org