आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु
काठमाडौं । मोरङको विराटनगरस्थित सहिद रङ्गशालामा आजदेखि आठौँ संस्करणको रात्रिकालीन विराट गोल्डकप सुरु भएको छ । प्रतियोगिताको आवश्यक सबै तयारी पूरा भएको आयोजक विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनुभयो । उहाँले उद्घाटन खेलमा आमन्त्रित टोली आरटीसी फुटबल क्लब थिम्पु भुटान तथा विभागीय टोली नेपाल पुलिसबीच भिड्ने तय भएको जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि आयोजकका तर्फबाट साङ्ग्रिला मोरङ फुटबल एशोसिएसनसहित नेपाल, भारत र भुटानका १० टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगितामा भारतका दुई आमन्त्रित क्लब साउथर्न समिति फुटबल सङ्घ कोलकाता र सिक्किम ड्रागन फुटबल क्लब खेल्दैछन् ।
पुलिससहित सशस्त्र प्रहरी र त्रिभुवन आर्मी पनि मैदानमा भेट हुनेछन् । त्यसबाहेक ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लब, एनआरटी क्लब र चर्च ब्वाइज फुटबल क्लबबीचको प्रतिस्पर्धाले दर्शकलाई पूर्ण रूपमा खेल मनोरञ्जन दिने अध्यक्ष शाहीले बताउनुभयो । प्रतियोगिताको विजेताले रु ११ लाख, उपविजेताले रु पाँच लाख ५० हजार पुरस्कार पाउने आयोजकले जनाएको छ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताले रु २१ हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।
विसं २०१८ देखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट सुरु गरिएको गोल्डकपको २०६८ सालमा नाम परिवर्तन गरी ‘विराट गोल्डकप’ राखिएको हो । गत वर्षको उपाधि विराटनगर फुटबल क्लबले जितेको थियो । विराटनगरले भारत केरेलाको लुका सकर क्लबलाई फाइनल खेलमा पराजित गरेको थियो ।प्रतियोगिताका लागि कोशी प्रदेश सरकारले रु २५ लाख दिने प्रतिबद्धता जनाएको बताइएको छ । त्यस्तै विराटनगर महानगरपालिकाबाट रु १२ लाख र राष्ट्रिय खेलकुद परिषद्बाट रु पाँच लाख प्राप्त हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता सम्पन्न गर्न रु एक करोड १८ लाख ४३ हजार दुई सय अनुमानित खर्च लाग्ने जनाइएको छ । टिकटबाट न्यूनतम रु ५० लाख उठ्ने ट्रष्टको दाबी छ । आजबाट सुरु हुने रात्रिकालीन विराट गोल्डकप यही चैत २४ गते समापन हुनेछ ।
Comments
अरु समाचार
-
नेपाललाई जितका लागि १६१ रनको लक्ष्य
काठमाडौं । वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग एक सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन...
-
वेस्ट इन्डिज ‘ए’ विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, टिममा पाँच परिवर्तन
काठमाडौं । नेपालले दोस्रो टी-२० खेलमा वेस्टइन्डिज ए सँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान...
-
नेपाल र वेस्ट इन्डिजबीच आजदेखि ऐतिहासिक पाँच खेलको सिरिज
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाँच खेलको सिरिज सुरु हुँदैछ। टी-२०...
-
पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लब राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई...
-
जिल्ला लिग फुटबलको तेस्रो संस्करण वैशाख–१५ गतेदेखि
काठमाडौं । खोटाङमा जिल्ला लिग फुटबल प्रतियोगिताको तेस्रो संस्करण वैशाख–१५ अर्थात् भोलिदेखि सञ्चालन हुँदै छ । खोटाङ जिल्ला फुटबल सङ्घको...
-
धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता
काठमाडौ । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ । धुलिखेलको खेल मैदानमा हुने छैटौँ सहाना प्रधान स्मृति...
-
भलिबल टोली बङ्गलादेश प्रस्थान
काठमाडौं । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन ११ जना खेलाडी तथा प्रशिक्षक टोली त्यसतर्फ प्रस्थान गरेको छ...
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
आईपिएलः गुजरातमाथि दिल्लीको चार रनको रोचक जित
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्समाथि दिल्ली क्यापिटल्सले चार रनको रोचक जित निकालेको छ।...