ताजा समाचार

घटाइएको पेट्रोलियम पदार्थको नयाँ मूल्य आज बिहानबाट लागू भयो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थकोको मूल्य बढाएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल लिटरमा चार रूपैयाँ बढाएको जानकारी दिएको छ।

नयाँ मूल्य सोमबार बिहान एक बजेबाट लागू हुने छ । इन्डियन आयल कर्पोरेशन ९आइओसी०बाट नयाँ खरिद मूल्य आएअनुसार नेपालमा पेट्रोलियम पदार्थको भाउ बढेको हो ।

आइओसीले पेट्रोलमा प्रतिलिटर चार रूपैयाँ ७६ पैसा बढाएर पठाएको छ। भने डिजेल र मट्टीतेलमा ३९ पैसा र खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २७ रूपैयाँ ४४ पैसा घटाएर पठाएको छ।

तर निगम ग्यासमा घाटा भएकाले ग्यासको भाउ यथावत राखेको जनाएको छ। डिजेल र मट्टीतेलको भाउ पनि यथावत छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org