दिल्लीका मुख्यमन्त्रीलाई वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राख्न अदालतको आदेश
नयाँ दिल्ली । जाँड–रक्सीसम्बन्धी नीति घोटाला प्रकरणमा पक्राउ परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई यही अप्रिल १५ तारिख अर्थात् आउँदो वैशाख ३ गतेसम्म न्यायिक हिरासतमा राखिने भएको छ ।
मुख्यमन्त्री केजरीवाललाई दिल्लीको राउज एभेन्यु कोर्टले अप्रिल १५ सम्म न्यायिक हिरासतमा राख्न अनुमति दिएको बीबीसी हिन्दीले जनाएको छ । यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी) को हिरासतमा थिए ।
जाँड–रक्सीसम्बन्धी नीति घोटालाको बारेमा सोधपुछ गर्दा केजरीवालले सहयोग नगरेको ईडीले बताएको थियो । उनले आफ्नो फोनको पासवर्ड नदिएका ईडीका एसबी राजूले बताएका खबरमा उल्लेख छ ।
आज राउज एभेन्यु कोर्ट आउँदै गर्दा मुख्यमन्त्री अरविन्द केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीले जे गरिरहेका छन् त्यो देशका लागि ठीक नभएको प्रतिक्रिया दिएका थिए । जाँड–रक्सी घोटाला प्रकरणमा केजरीवाललाई उनकै निवासबाट गएको मार्च २१ मा ईडीले पक्राउ गरेको थियो । यस प्रकरणमा एक सय करोड भारुभन्दा बढी भ्रष्टाचार भएको आरोप उनीमाथि लगाइएको छ ।
Comments
अरु समाचार
-
रारा क्षेत्रमा रिसोर्ट निर्माणको सम्झौता हुनु सुखद : प्रधानमन्त्री प्रचण्ड
काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप...
-
नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच आज तेस्रो खेल हुँदै
काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल आज (बुधबार) हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल...
-
देशभर डढेलो र आगलागीका घटना बढे, तत्काल पानी नपर्ने
काठमाडौं। देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको...
-
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस
काठमाडाैं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको...
-
आजको राशिफल: २०८१ साल वैशाख १९ गते बुधवार
मेष राशि : अनावश्यक ठाउँमा धन खर्च होला । प्रेममा मनमुटाव रहला । मनमा निरासा र शरीरमा आलस्य आउला ।...
-
आईएमई ग्रुप र पीटी पीएलएन नुसन्तराबीच साझेदारी, ऊर्जा परियोजना सम्झौतामा हस्ताक्षर
काठमाडाैं । आईएमई ग्रुप र इन्डोनेसियाको पीटी पीएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आईएमई...
-
उपचुृनावको नतिजाले एमाले उत्साहित,नयाँ शक्तिको भविष्य अन्योल
काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई वटा सिटमा भएको उपचुनावमध्ये दुवै सिट नेकपा एमालेले जितेको छ ।...
-
सीके राउतले रवि लामिछानेलाई दिए यस्तो सुझाव: जमानत जफत भएपछि अब विचार गर्नुहोला
काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले इलाम–२ मा भएको उपनिर्वाचनमा आफ्नो पार्टीले अपेक्षा गरेकै जस्तो मत आएको बताएका छन्...
-
मन्त्रिपरिषद विस्तारकाे तयारीमा मुख्यमन्त्री सोडारी
काठमाडाैँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारी मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मंगलबार बझाङ उपनिर्वाचनकाे परिणाम सार्वजनिक भएलगत्तै मुख्यमन्त्री...