देशभर डढेलो र आगलागीका घटना बढे, तत्काल पानी नपर्ने
काठमाडौं। देशभर डढेलो र आगलागीका घटना बढेका छन् । सुख्खा बढेका कारण वनको डढेलो बस्तीमा पस्ने र क्षति गर्नेक्रम बढेको छ । वैशाख लागेयता देशका एक हजार भन्दा धेरै ठाउँमा डढेलो र आगलागीका घटना भएका छन् । १३ सय भन्दा धेरै परिवार प्रभावित भएका राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्याङ्क छ ।
आगलागीजन्य घटना रोकथामको पूर्व तयारीमा कमजोरी तथा चेतनाको कमीका कारण जोखिम थप बढेको छ । अहिले भएका सीमित पूर्वाधारले मात्रै क्षति घटाउन सक्ने अवस्था नरहेको विज्ञको भनाई छ । वनमा लागेको डढेलो निभाउन पानी नै पर्नुपर्ने अवस्था छ । तर लामो समयदेखि पानी पर्न सकेको छैन ।
मौसम पूर्वानुमान महाशाखाकाअनुसार डढेलो निभाउने गरी अबको तीन दिन पानी पर्ने सम्भावना छैन । आज कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । काठमाण्डौ उपत्यकामा पनि आज र भोलि पानी पर्ने सम्भावना छैन । कोशी, मधेस र लुम्बिनी प्रदेशका केही ठाउँमा आज दिउँसो हुरीबतासको समेत सम्भावना छ ।
Comments
अरु समाचार
-
भैरहवा विमानस्थल निर्माण अध्ययन उपसमिति संयोजकमा मञ्जु खाँण
काठमाडौं । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी छानबिन उपसमिति संयोजकमा नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद मन्जु खाण चयन भएकी छन्। यसअघि उपसमिति...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
सशस्त्र प्रहरीका असई छत्यालले चढे सगरमाथा
काठमाडौं । सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । उनी जेठ ४...
-
वाम एकताबारे प्रधानमन्त्री ओलीको सनसनीपूर्ण खुलासा, के भने ?
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले 'धेरैतिर फर्किएकाहरूलाई वाम एकतामा ल्याउन सकिँदैन' भनेका छन् । सही...
-
सीप मेलाको नाममा बालेनको ब्रह्मलुट, शैलेन्द्र आतंकदेखि एसीकाण्डसम्म के भयो ?
काठमाडाैं । काठमाडाैं महानगरपालिकाले सीप मेलाको नाममा भ्रष्टाचारलाई बढावा दिन थालेको आरोप लागेको छ । सीप मेलाको नाममा कोटेशनमार्फत लाखाैं...
-
माओवादीको किचलो पुर्न सत्ता फेरबदलको हावा, देउवा ओली के गर्लान ?
काठमाडाैं । माओवादी केन्द्रले सत्ता उलटफेरका अनेक प्रयासलाई जोडतोडका साथ अघि बढाइरहेको छ । मध्यपहाडी लोकमार्ग केन्द्रित माओवादीको अभियानको क्रममा...
-
आज कांग्रेस संसदीय दलको बैठक, बजेटमा केन्द्रित हुने
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज ( शनिबार) बस्दैछ। सभापति शेरबहादुर देउवाको आह्वानमा शनिबार दिउँसो २...