ताजा समाचार

गण्डकीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिने भएका छन् ।

बुधबार बिहान मन्त्रिपरिषद् बैठक बसेर मुख्यमन्त्रीले राजीनामा दिने निर्णय गरेका हुन् ।

सरकारका प्रवक्ता तथा उर्जा, सिँचाईमन्त्री सरस्वती अर्याल तिवारीले ११ बजे राजीनामा बुझाउने तय भएको जानकारी दिइन् ।

गत चैत फागुन २३ गते माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे सरकारमा अल्पमतमा परेका थिए । उनले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने बाध्यता थियो । तर, पाण्डेले राजीनामाको विकल्प रोजेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org