ताजा समाचार

महालेखापरीक्षकमा सिफारिस रायाको नियुक्ति सिफारिसमाथि ट्रान्सपरेन्सीको प्रश्न

काठमाडाैँ । महालेखापरीक्षकमा तोयम रायाको नियुक्ति सिफारिसमाथि ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले प्रश्न उठाएको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले रायाको सिफारिसमाथि गम्भीर नैतिक प्रश्न उठाएको हो ।
गत १८ चैतमा बसेको संवैधानिक परिषद्ले रिक्त महालेखापरीक्षकका लागि सचिव रायालाई सिफारिस गरेको थियो । उनी बहालवाला सचिव र हाल राष्ट्रिय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी छन् ।

अर्थसचिव, उपराष्ट्रपति कार्यालयको सचिव र राष्ट्रिय तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारीका रूपमा काम गरिसकेका रायले आफूले गरेको कामको लेखापरीक्षण आफैँले गर्न नमिल्ने बताउँदै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको ट्रान्सपरेन्सीको विज्ञप्तिमा उल्लेख छ ।

आफूले गरेको काम आफैँले परीक्षण गर्ने जोखिम रहे–नरहेको विचार गर्नुपर्ने मान्यता र अभ्यास रहेको भन्दै यस्तो जोखिम कायम रहेको अवस्थामा लेखापरीक्षणको नतिजा विश्वसनीय नहुने पनि ट्रान्सपरेन्सीको ठहर छ । ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले रायाको नियुक्तिले सोझै स्वार्थको द्वन्द्व हुने मात्र नभई यसबाट सुशासनमा समेत गम्भीर खलल पर्ने जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org