ताजा समाचार

राष्ट्रियसभा उपाध्यक्षमा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि २८ चैतमा हुने निर्वाचनमा नेकपा एमालेले विमला घिमिरेलाई उम्मेदवार बनाउने भएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने निश्चित भएपछि घिमिरेलाई उम्मेदवार बनाउन लागेको एमाले राष्ट्रियभाका नेता देवेन्द्र दाहालले बताएका छन् । उनले भन ‘सत्ता गठबन्धनमा हामीले पाउने सहमति भइसकेको थियो,त्यसअनुसार हामीले उम्मेदवार टुंगो लगाएका हौं ।’

सत्तारुढ चार दल एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाबीच भएको ८ बुँदे सहमतिमा राष्ट्रिय सभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने उल्लेख थियो । तर एकीकृत समाजवादी पनि गठबन्धनमा सहभागी भएपछि उसले उपाध्यक्षमा दाबी गर्‍यो र पाँच दलले गरेको सहमतिमा उपाध्यक्ष एमालेले लिने सहमति हटाइएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org