ताजा समाचार

प्रधानमन्त्री प्रचण्डले सिटौला र गगनलाई बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसका महामन्त्री गगन थापा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई छलफलका लागि बालुवाटार बोलाएका छन् ।

कांग्रेस संसदीय दलको बैठक चलिरहेका बेला दुई नेता बालुवाटारतर्फ लागेका हुन् । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको विरोधका बाबजुद सरकारका तर्फबाट गृहमन्त्री रवि लामिछानेले विधेयक पेश गर्ने तयारी गरेपछि कांग्रेस आक्रोशित बनेको थियो ।

सदनमा पेश गर्न लागिएको विधेयक र संसदीय छानबिन समितिको विषयमा छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाएको स्रोतले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org