ताजा समाचार

सुनको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ३९ हजार २०० रुपैयाँ र तेजाबी सुन तोलाको १ लाख ३८ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर तोलाको १७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलाको प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org