ताजा समाचार

महालेखा परीक्षक रायको नियुक्ति र शपथ आज

काठमाडौं । महालेखा परीक्षकमा संसदीय समितिबाट सर्वसम्मत अनुमोदित भएका तोयम रायले आज शपथ ग्रहण गर्दैछन्।

६ वर्षे कार्यकालका लागि नियुक्तिका लागि सिफारिस भएका रायको आज राष्ट्रपति कार्यालयमा शपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टाराईले जानकारी दिइन्।  बुधबार सार्वजनिक बिदा भएकोले आज शपथ ग्रहणको कार्यक्रम राखिएको उनको भनाइ छ। महालेखा परीक्षकमा संसदीय सुनुवाइ समितिको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ। ​

महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक बैकुण्ठबहादुर अधिकारीले आज महालेखा परीक्षकको पदभार ग्रहण हुने बताए।

गत मंगलबार संसदीय सुनवाइपछि रायलाई अनुमोदन गरेको थियो। संवैधानिक परिषदले रायलाई गत चैत्र १८ गते महालेखा परीक्षकमा सिफारिस गरेको थियो।

गत जेठ ९ गते महालेखा परीक्षक टंकमणि शर्मा दंगालको कार्यकाल सकिएपछि उक्त पद रिक्त थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org