ताजा समाचार

अदालतबाट सफाइ पाएका मरासिनीलाई अर्थसचिवको जिम्मेवारी

काठमाडौं । सरकारले सचिव मधुकुमार मरासिनीलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले अर्थ मन्त्रालयको सचिवमा मरासिनीलाई ल्याउने निर्णय गरेको थियो ।

पेमेन्ट गेटवे अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज १५ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी निलम्बनमा परेका थिए ।

तर अदालतले सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org