ताजा समाचार

काठमाडौंमा आगलागीमा परि एक युवकको मृत्यु

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ बानियाँटारमा आइतबार राति भएको आगलागीमा  परि एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दोखलाको कालिञ्चोक गाउँपालिका–२ घर भएका २१ वर्षीय किरण बुढाथोकी छन् रहेको प्रहरीले जनाएको छ। उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा घाडामा बस्दै आएको बुझिएको छ।

बुढाथोकी बस्ने कोठामा राति आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले बताए ।

आगोमा जलेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

आगलागीबाट करिब १५ लाखको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org