ताजा समाचार

हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला

काठमाडौं । कपिलवस्तुको सुद्धोधन गाउपालिका वडा नम्बर ६ बेलभरीया गाउको दक्षिण मर्थी खोलाको नालामा शनिवार बिहान १० बजेतिर हत्या गरी फालिएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

अनुहारमा ढुंगाले हानेर हत्या गरी नालामा छाडिएको अवस्थामा करिब ३० बर्षिय पुरुषको शव फेला परेको प्रहरी नायब उपरिक्षक हरि बहादुर ओलीले बताए।

मृतक पुरुषको मुखमा गहिरो चोट देखिएको र शव नजिकै ढुंगा समेत फेला परेको ओलीले बताए । शवको पहिचान भने नखुलेको उनले बताए ।शवलाई पोस्टमर्टकालागि प्रादेशिक अस्पताल पठाइएको ओलीले बताए । घटनाको अनुसंधान भईरहेको ओलीले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org