बागलुङको रेशमा एक सय ४२ रोपनी क्षेत्रमा चियाखेती विस्तार
काठमाडौं । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा चियाखेतीका लागि क्षेत्र विस्तार गरिएको छ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि सात वर्ष अगाडिदेखि चियाखेती सुरु गरेको थियो । विसं २०७४ मा परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा अहिले बढाएर ५६ हजार लगाइएको छ । परीक्षणका गर्न लगाइएको चिया फस्टाउन थालेपछि सिङ्गो गाउँ नै खेतीतर्फ आकर्षित भएको हो । वडा कार्यालयको अग्रसरतामा सुरु गरेको चियाखेती रेशको बौर, तिङरिङलगायतका ७२ रोपनी पाखो जमिनमा विस्तार गरिएको छ ।
चियाखेती राम्रो हुँदै गएपछि थप ७० रोपनी जग्गा भाडामा लिएर खेती विस्तार गर्न थालेको काठेखोला गाउँपालिका–७ रेशका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो । पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती सुरु गरेको उहाँले बताउनुभयो । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ । अब थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उहाँले बताउनुभयो ।
गाउँमा भएका नागरिकलाई पाखोबारीलाई उपयोग गरी आयआर्जनको माध्यम बनाउँदै आत्मनिर्भर बनाउनेगरी चियाखेती थालेको लामिछानेले बताउनुभयो । सात वर्ष अगाडि लगाएका बिरुवामध्ये अहिले ३५ हजार बोट निरन्तर टिप्नका लागि तयार भएका उहाँले जानकारी दिनुभयो । किसानहरूले पनि निकै चासो दिएर बिरुवा रोप्न, झाडी फँडानीदेखि सबै काममा लागेको हुँदा गाउँमै रोजगार सिर्जना गर्न हुन थालेको अध्यक्ष लामिछाने बताउनुहुन्छ ।
“चियाखेतीमा दुई सय घरपरिवार आबद्ध हुनुहुन्छ, यसबाट आउने प्रतिफल सबैले पाउनुहुन्छ, चियाखेतीबाट वार्षिक रु ३० लाख आम्दानी गर्ने लक्ष्य राखेका छौँ, पहिले ७२ रोपनीमा खेती गरिएकामा अहिले थप ७२ रोपनी जग्गा भाडामा लिएका छौँ, अब एक सय ४२ रोपनीमा खेती हुने छ”, अध्यक्ष लामिछानेले भन्नुभयो, “बजेट छैन, तर पनि गाउँलेमा काम गर्ने उत्साह छ, केन्द्र र प्रदेश सरकारसँग पनि माग गर्छौँ, केही वर्षमा यहाँ चिया बगान हेर्न आउनेको लर्को लाग्ने अपेक्षा लिएका छौँ ।”
चियाको बजारमा बढ्दो माग हुँदा मागअनुसार उत्पादन गर्न नसकिएको स्थानीय किसान मुक्तिराम थापाले बताउनुभयो । यहाँ लगाइएको चिया महिनामा तीन पटकसम्म टिप्ने हुँदा आम्दानी पनि बढी हुने उहाँले बताउनुभयो । चियाखेती विस्तार गर्दा हालसम्म करिब रु ५० लाख खर्च भइसकेको छ । चिया प्रशोधन गर्न मेसिनसमेत गाउँमा ल्याइएको हुँदा अब धेरै समस्या नभएको उहाँ बताउनुहुन्छ । अहिलेसम्म मुनाफा नभएको भन्दै यस वर्षदेखि छ हजार बिरुवाबाट निरन्तर मुनाफा दिने थापाको भनाइ छ । प्रत्येक हप्ता १० किलो चियाको कच्चा पर्दाथ उत्पादन हुन थालेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पहिला गाउँमा चियाखेती हुन्छ भन्ने लागेको थिएन, गाउँलेहरु एकजुट भइयो, वडा कार्यालयले पनि निकै तदारुकता देखायो, चियाखेतीले गर्दा गाउँको स्वरुप नै फेरिएको छ, पहिले झाडीले ढाकिएको जमिन अहिले चिया पलाएका छन्, गाउँ छाडेर गएकालाई पनि पछिपछि पछुतो हुनेछ, अहिले खेती राम्रो हुँदा हामीहरु निकै उत्साहित भएका छौँ ।”
Comments
अरु समाचार
-
आजको विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...
-
कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ
काठमाडौं । वर्षायामका तीन महिना नदीजन्य पदार्थ उत्खनन गर्न निषेध गरिएको भएता पनि कालीगण्डकी नदीको दोहन रोकिएको छैन । कालीगण्डकीमा...
-
अठार वर्षपछि जोमसोममा बसपार्क सञ्चालन
काठमाडौं । अठार वर्षअघि सडक सञ्जालसँग जोडिएको मुस्ताङको सदरमुकाम जोमसोममा बसपार्क सञ्चालन भएको छ । विसं २०६३ चैतमा सडक सञ्जालसँग...