म्याग्दीका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै
काठमाडौ । जिल्लाका ग्रामीण सडक धमाधम कालोपत्र भइरहेका छन् । यसैक्रममा मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर पनि कालोपत्र सडकले जोडिएको छ । बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो ।
बेनी बजारबाट १२ दशमलव पाँच किलोमिटर मङ्गला गाउँपालिका–२ सिमसम्म कालोपत्र गरिएको छ । सडक पूर्वाधार विकास कार्यालयले त्यसलाई विस्तार गरेर तोराखेत–बाबियाचौर– लाम्पाटा–पानाबगर हुँदै रणवाङको सिमानासम्म पुर्याएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठ सय मिटर सडक कालोपत्र गर्न २०७८ सालमा अमर–ओमबुद्ध जेभीसँग रु १० करोड ७० लाख २१ हजारमा सम्झौता भएको थियो ।
चौबिस किलोमिटर लामो बेनी–दरवाङ म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने यो एकमात्र मार्ग हो ।
Comments
अरु समाचार
-
शेयर बजार परिसूचकमा रौनकता, ४६.६९ अंकले वृद्धी
काठमाडौं । तिहार अघि शेयर बजार परिसूचकमा पुनः रौनकता फर्किएको छ । आज मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४६.६९ अंकले...
-
राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती बुधबार मनाइने
काठमाडौं । आयुर्वेदसँग सम्बन्धित विभिन्न संस्थाहरुले बुधबार देशभर विभिन्न कार्यक्रमसहित राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्ती मनाउने भएका छन् ।...
-
इजरायलद्वारा युएनआरडब्लुए प्रतिबन्धित कानून पारित
काठमाडौं । इजरायली संसद्ले प्यालेस्टिनीलाई सहयोग गर्ने राष्ट्रसङ्घीय राहत र कार्य एजेन्सी (युएनआरडब्लुए) लाई इजरायलभित्र काम गर्न निषेध गर्ने कानून...
-
खरिपाटी बस दुर्घटनामा १० जना घाइते, दुईको अवस्था गम्भीर
काठमाडौं । चाँगुनारायण नगरपालिकाको तेलकोटबाट यात्रु बोकेर आएको यात्रुवाहक बस आज खरिपाटीस्थित घुमाउनेमा दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका...
-
बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउन आग्रह
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकलाई बालीमा लाग्ने नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ...
-
कोरला नाकामा अध्यागमन कार्यालय स्थापना
काठमाडौं । चीनसँग सीमा जोडिएको माथिल्लो मुस्ताङको लोमान्थाङस्थित कोरला नाकामा अध्यागमन कार्यालय स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङका...
-
सुनको मूल्य बढेको बढ्यै
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ । स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल...
-
काठमाडौँका ४६ स्थानबाट फूल किन्न पाइने
काठमाडौं । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको...
-
सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुग्यो
काठमााडौं । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी...