विश्वकप क्रिकेटः बङ्गलादेशद्वारा नेदरल्यान्ड्स पराजित
काठमाडौं । आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा बङ्गलादेश नेदरल्याण्ड्सलाई २५ रनले पराजित गर्दै विजयी भएको छ ।
वेस्टइन्डिजको सेन्ट भिन्सेन्टमा गए राति सम्पन्न खेलमा बङ्गलादेशले दिएको एक सय ६० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३४ रनमा समेटियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार नेदरल्याण्ड्सका लागि एनगेलब्रेक्टले २२ बलमा सर्वाधिक ३३ रन बनाए । त्यस्तै विक्रमजित सिंहले २६, कप्तान स्कट एडवर्ड्सले २५, माइकल लेभिटले १८, आर्यन दत्तले १५ तथा म्याक्स ओडाउडले १२ रन बनाए ।
बङ्गलादेशका लागि होसेनले तीन विकेट लिए भने तास्किन अहमदले दुई विकेट झारे । त्यस्तै मुस्तफिजुर रहमान र तान्जीम शकीबले समान एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको बङ्गलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५९ रनको योगफल बनाएको थियो । बङ्गलादेशका लागि शाकीब अल हसनले ४६ बलमा नौ चौकासहित सर्वाधिक ६४ रन जोडेभने तान्जिद हसनले ३५ रन बनाउँदा महमुदुल्लाहले २५ रन तथा जाकेर अलीले १४ रन बनाए । नेदरल्याण्ड्सका लागि आर्यन दत्त र पल भ्यान मिकरनले समान दुई दुई विकेट लिए भने टिम प्रिङ्गलले एक विकेट लिए ।
यो जितसँगै समूह ‘डी’ मा रहेको बङ्गलादेशको तीन खेलमा चार अङ्क जोडेको छ । नेदरल्याण्ड्सको तीन खेलमा दुई अङ्क रहेको छ । त्यस्तै नेपालको दुई खेलमा एक अङ्क रहेको छ । श्रीलङ्काको तीन खेलमा एक अङ्कमात्र रहेको छ । नेपाल र दक्षिण अफ्रिकाको खेल भोलि हुनेछ । दक्षिण अफ्रिका भने विश्वकपको सुपर आठमा पुगिसकेको छ ।
Comments
अरु समाचार
-
खेलमार्फत अर्थतन्त्र र कूटनीतिक सम्बन्ध सुदृढ गर्न पहल भइरहेको छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलमार्फत अर्थतन्त्र र कूटनीतिमा महत्त्वपूर्ण हस्तक्षेप गर्न विशेष पहल लिँदै आएको बताएका छन् ।...
-
टी–२० विश्वकपः अस्ट्रेलियाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित
काठमाडौं । आईसिसी टी–२० विश्वकप अन्तर्गत जारी सुपर ८ को खेलमा अफगानिस्तानले अस्ट्रेलिया विरुद्ध ऐतिहासिक जित निकालेको छ। आज एर्नोस...
-
युरोकप: पोर्चुगलले टर्कीलाई ३–० ले हरायो,अन्तिम १६ मा प्रवेश
काठमाण्डौ । युरोकप फुटबल २०२४ अन्तर्गत समूह एफको खेलमा पोर्चुगलले टर्कीलाई ३–० गोलले पराजित गरेको छ । जीतसँगै पोर्चगुल समूह...
-
बंगलादेशमाथि अस्ट्रेलिया २८ रनले विजयी
काठमाडौं । अस्ट्रेलियाले बंगलादेशमाथि २८ रनको जित हासिल गरेको छ । जारी टी-२० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अस्ट्रेलियाले बंगलादेशलाई...
-
‘कोपा अमेरिका २०२४’ आजदेखि सुरु
काठमाण्डौ । दक्षिण अमेरिकी महादेशको फुटबल प्रतियोगिता 'कोपा अमेरिका २०२४' आजदेखि अमेरिकामा सुरु हुँदैछ । उद्घाटन खेलमा एटलान्टामा अर्जेन्टिना र...
-
विश्वकप क्रिकेट : बङ्गलादेशले नेपालाई दियो एक सय सात रनको चुनौती
काठमाडौं । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले बङ्गलादेशलाई एक सय ६ रनमा अलआउट गरेको छ । वेस्टइन्डिजको सेन्ट...
-
विश्वकप क्रिकेटः समूह बीबाट अस्ट्रेलिया र इङ्ल्यान्ड सुपर आठमा
काठमाडौं । आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट–२०२४ अन्तर्गत समूह ‘बी’बाट अस्ट्रेलिया र इङ्ल्यान्ड विश्वकपको सुपर आठमा प्रवेश गरेका छन् । सेन्ट...
-
पीएनजीलाई ७ विकेटले हराउँदै अफगानिस्तान सुपर ८ मा
काठमाडौं । आईसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले पपुआ न्युगिनी (पीएनजी) माथि जित निकाल्दै सुपर ८ को यात्रा तय गरेको...
-
अष्ट्रेलिया विश्वकपको सुपर आठमा प्रवेश
काठमाडौं । अष्ट्रेलियाले नामिबियालाई हराउँदै आइसिसी टि–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ । वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रङ्गशालामा भएको...