ताजा समाचार

नेप्सेमा ८ अंकको गिरावट, ऋणपत्रमा धमाधम लगानी

काठमाडौं । बिहिबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गिरावट आएको छ । साताको अन्तिम दिन नेप्से ८.२४ अंकले घट्ता अधिकांश लगानीकर्ता भने ऋणपत्र (डिबेन्चर)मा लगानी गर्न थालेका छन् । आज बढी अंकले बढ्नेमा सबैभन्दा धेरै डिबेन्चरको शेयर रहेको छ । नेप्से घट्ता फाइनान्स बढ्ने गरेकोमा आज भने नेपाल फाइनान्स १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ।

बिहीबार ४७ वटा कम्पनीको शेयर मूल्य बढ्दा वाणिज्य बैंक, म्युचुअल फन्ड र अन्य समूहको शेयर मूल्य पनि बढेको छ । आज वाणिज्य बैंक ०.०९ अंकले, म्युचअल फण्ड ०.०१ अंकले र अन्य समूह १५.१० अंकले बढेको छ । आज १८८ वटा कम्पनीको शेयर मूल्य घट्दा सबैभन्दा बढी लाइफ इन्स्युरेन्स समूह बढी घटेको छ । लाइफ इन्स्युरेन्स समूह ९९.०१ अंकले घटेको छ ।

आज नेप्से परिसूचक २०५१.९२ अंकमा पुग्दा ३ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ बराबरको ८९ लाख १ हजार १९५ कित्ता शेयर किनबेच भएको छ । आज शेयर मूल्य बढेको १० मध्ये ८ वटा डिभेन्चर रहेका छन् भने घट्नेमा हाइड्रो, म्युचुअल फन्ड, फाइनान्स र लघुवित्त रहेका छन् । आज १० प्रतिशतले घटेको नेपाल फाइनान्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । बिहीबार नेपाल फायनान्सको २२ करोड ७६ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा बढी शेयर कित्ता हिमालयन पुनर्बीमा कम्पनीको भएको छ । हिमालयको आज एकै दिन ४ लाख २ हजार ४९९ कित्ता शेयर कारोबार भएको छ । आज ३३३ वटा कम्पनीको शेयर कारोबार हुँदा ५० हजार २८१ पटक शेयर किनबेच भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org