ताजा समाचार

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । नेताद्वयबीच समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानाएको छ ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच हिजो पनि सिंहदरबारमा झण्डै २ घण्टा छलफल भएको थियो । हिजोको छलफलमा गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए ।

यसअघि, शनिबार एमाले अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । पछिल्ला तीन दिनमा नेताहरुको छलफल र भेटघाटले तीव्रता पाउँदा राजनीतिमा कुनै परिवर्तन त आउँदै छैन भन्ने आम चासो बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org