ताजा समाचार

निर्वाचन आयुक्तमा सिफारिस प्रधानको संसदीय सुनुवाइ स्थगित

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको शुक्रबारका लागि तय गरिएको संसदीय सुनुवाइ स्थगित गरिएको छ ।

बिहीबार उजुरीकर्तासँग छलफल गरेको सुनुवाइ समितिले उजुरीकर्ताले उल्लेख गरेका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले सुनुवाइ स्थगित गरेको हो ।

विगत लामो समयदेखि नेपाल ल सोसाइटी नामक गैरसरकारी संस्थाको कार्यकारी निर्देशकको रुपमा क्रियाशील प्रधानको विरुद्धमा दुई वटा उजुरी उनको व्यक्तिगत चरित्रसँग सम्बन्धित अर्थात एक महिलासँगको सम्बन्धका विषयमा छन् भने अन्य दुई उजुरीको विषयमा समितिले कुनै जानकारी बाहिर ल्याएको छ।

सुनुवाइ समितिका सदस्य एमाले सांसद महेश बर्तौलाका अनुसार बिहीबार उजुरीकर्तासँगको छलफल गरेपछि उजुरीका विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकाले शुक्रबार प्रधानको सुनुवाइ स्थगित गरिएको हो ।

उजुरीका विषयमा थप अध्ययन गरेपछि मात्र सुनुवाइ गरिने उनले जानकारी दिए । सुनुवाइ समितिले उजुरीकर्तासँगको छलफल बन्द कोठामा गरेको थियो । सुनुवाइ समिति स्रोतका अनुसार उजुरीकर्तासँग समितिले प्रधानसँगको कुराकानीको अडियो फाइल माग गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org