ताजा समाचार

रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला सुनाउने सर्वोच्चको तयारी

काठमाडौं । रास्वपाका सभापति तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकिएको छ । न्यायाधीशद्वय सपना प्रधानमल्ल र शारंगा सुवेदीको इजलासमा हेर्दाहेर्दै रहेको मुद्दाको बहस बिहीबार सकिएको हो ।

उक्त मुद्दाको फैसला आजै सुनाउने सर्वोच्चको तयारी छ। यसअघि मङ्गलवार नै इजलासले फैसला सुनाउन खौजिए पनि दिनभर लामिछानेका कानुन व्यवसायीले बहस गरेपछि जवाफका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

रिट निवेदकका तर्फबाट रमण कर्णसहितका कानुन व्यवसायीले जवाफी बहस बाँकी रहेपछि इजलासले हेर्दाहेर्दै राखिएको थियो । यसैगरी बुधबारलाई पेशी तोकिए पनि संवैधानिक इजलासको मुद्दा हेर्दाहेर्दै भएकाले हिजो स्थगित गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org