पोखरीमा डुबेर धनुषामा तीन बालिकाको मृत्यु
काठमाडौं । धनुषा जिल्लामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिएका छन् । प्रहरीका अनुसार मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेका छन् ।
उनका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर पोखरीमा बालिकाहरुलाई डुबिरहेको देखेपछि स्थानीयले उद्धार गरी उपचारका लागि जनकपुर प्रादेशिक अस्पताल ल्याउने क्रममा एकजनाको र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।
उनीहरुको नुहाउने क्रममा डुबेको स्थानीय बासिन्दाले बताएका छन् । बालिकाहरुको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
Comments
अरु समाचार
-
भोलिबाट धरहरा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म खुल्ने !
काठमाडौं । ऐतिहासीक तथा पर्यटकिय महत्व बोकेको धरहरा अब विहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ। सार्वजनिक...
-
तुइनबाट महाकालीमा खसेर एकजना बेपत्ता
काठमाडौं । तुइनबाट महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय...
-
भिजिट भिसामा स्पेन गएर नफर्किनेबारे छानबिन गर्न छानबिन समिति गठन !
काठमाडौं । भिजिट भिसामा स्पेन भ्रमणमा गएर नफर्किएकाहरूबारे छानबिन गर्न सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटीको नेतृत्वमा छानबिन समिति...
-
१३१ किलो गाँजासहित भारतीय प्रकाउ
काठमाडौं । धादिङबाट १३१ किलो गाँजासहित एक जना भारतीय नागरिक प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बेनिघाट...
-
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक संरचना र पूर्वाधार निर्माणसहित मुस्ताङको कोरालानाका पूर्ण सञ्चालनको तयारी भइरहेको बताएका छन् ।...
-
गुप्ताले राजीनामा दिएको महेश बस्नेतलाई मनपर्यो
काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद महेश बस्नेतले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले मन्त्री पदबाट...
-
घुस डिलले डुबायो, मन्त्री गुप्ताले राजीनामा दिए !
काठमाडौं । घुस ‘डिल’ अडिओ प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले...
-
विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी
काठमाडौं । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकैपरिवारका पाँचजना बिरामी भएका छन् । दोधारा–चाँदनी नगरपालिका– ६ स्थित कालागडका ६३ वर्षीय कालु...
-
फ्लड लाइट जडानमा सेटिङ जालोः समय सकियो, ठेकेदारले टेरेनन् सरकार !
काठमाडौं । क्रिकेट रंगशालामा फ्लड लाइट जडान हुने विषयले खुशी दिलाएका क्रिकेटप्रेमीहरुका लागि फ्लड लाइटमा हुन थालेको झेलले ठूलो झड्का...