आजको राशिफल: २०८१ असार २२ गते शनिवार
मेषः उद्योग र व्यापारमा मनग्य फाइदा हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। पहिलेका समस्या समाधान हुनाले थप अवसर पाइनेछ। निरन्तर लागिपर्दा अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्। साथै पराक्रमी काम सम्पादन हुनेछ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ।
वृषः अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा भने साबिकजस्तै फाइदा भइरहनेछ।
मिथुनः रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कर्कटः आफ्नो भोगाधिकारमाथि अरूले दाबी गर्न सक्छन्, सजग रहनुहोला। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। खर्च जुटाउन सरसापट लिनुपर्ने हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति अलि प्रतिकूल रहनेछ। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने समय छ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्।
सिंह: अरूको उपकार गर्न सकिनेछ। तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ। लगनशीलताले मात्र लक्ष्यमा पुग्न सकिनेछ। उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला। काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ। मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ। आर्थिक फाइदा कमै भए पनि कामले ज्ञान दिलाउनेछ। आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन्।
कन्याः श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ। प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
तुलाः श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ। तापनि पुराना कामलाई निरन्तरता दिन सकिनेछ। व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला। प्रयत्न गर्दा अवसर पाइनेछ। परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन्। धेरै समय अरूका लागि जुट्नुपर्नेछ। लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला।
वृश्चिकः स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला। कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ। समयमा गम्भीर नबन्दा व्यर्थैमा दुस्ख पाइनेछ।
धनु: अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले नयाँ कामतर्फ आकर्षित भइनेछ। विवादबाट टाढा रहने प्रयत्न गर्नुहोला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। माहोल रमाइलो रहनेछ र छोटो समयमा फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने विशेष उपहारले काममा उत्साह जगाउनेछ।
मकरः व्यापारलगायत आर्थिक लाभ हुने योजना शुभारम्भ हुनेछ। ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ।अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
कुम्भः स्वास्थ्य(चिन्ताले सताउन सक्छ। अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन्। अवसरका साथै चुनौतीसमेत देखा पर्ने समय छ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन्।
मीनः रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अनावश्यक साइनो गाँसी नजिकिनेहरूसँग सावधान रहनुहोला। स्वयं नजुट्दा काम बिग्रनेछ। आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउनेछ, सजग रहनुपर्ला। ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। मिहिनेत गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुनेछ।
Comments
अरु समाचार
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...
-
विशेष परिस्थिति सिर्जना भएपछि उम्मेदवारी फिर्ताः राजेन्द्र गाैतम
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनमा उपमहासचिव पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेन्द्र गाैतमले उम्मेदवारी फिर्ता लिएका छन् । विशेष आग्रहपछि...
-
लुम्बिनी विकास कोषको सदस्य सचिव बनेका दीपकले मिचे कानून, भएको के हो ?
काठमाडौं । लुम्बिनी विकास कोषको सदस्य सचिवमा मनोनय भएका नेपाल खानेपानी सस्थानका आठौ तहका इन्जिनियर दिपक श्रेष्ठले संस्थानको जिम्मेवारीबाट राजिनामा...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
ओली घेराबन्दीमा पर्दा राजेन्द्र गाैतम बने उपमहासचिवका स्वतन्त्र उम्मेदवार, थालियो मत माग्न
काठमाडाैं । नेकपा एमालेको ११ औं महाधिवेशनमा संखुवासभाका भद्र नेता राजेन्द्रप्रसाद गाैतम स्वतन्त्रबाट उपमहासचिवको उम्मेदवार बनेका छन् । एमाले अध्यक्ष...
-
उपाध्यक्षमा प्रस्तावित ज्ञवालीले किन दिए केन्द्रीय सदस्यमा उम्मेदवारी ?
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी मनोनयन गर्न अश्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको टिमबाट...
-
एमाले महाधिवेशन : ओली र पोखरेलका उम्मेदवार, कुन पदमा को–को भिड्दै छन् ?
काठमाडौं । नेकपा एमालेमा ११ औं महाधिवेशनमा भिड्ने दुवैतर्फका पदाधिकारीहरूको टुंगो लागेको छ । पदाधिकारीमा अध्यक्ष केपी ओलीको संस्थापनले १९...












