ताजा समाचार

फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगे

काठमाडौं। फ्रान्स र स्पेन युरोकप फुटबलको सेमिफाइनलमा पुगेका छन् । जर्मनीको ह्यामबर्गमा गएराती भएको क्वाटरफाइनलमा फ्रान्सले पोर्चुगललाई पेनाल्टी सुटआउटमा हरायो । निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेल गोलरहित बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा गोल हुन सकेन । फ्रान्स ५–३ ले विजयी भयो । अब फाइनलमा पुग्न फ्रान्सले स्पेनसँग खेल्नेछ । हिजो भएको पहिलो क्वाटरफाइनलमा घरेलु टोली जर्मनीलाई २–१ गोलले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो ।

अतिरिक्त समयको अन्तिमतिर स्पेनले विजयी गोल गर्‍यो । स्पेनमा मिकेल मेरिनो र ड्यानी ओल्मोले गोल गरे । जर्मनीका फ्लोरियन विट्र्जले एक गोल गरे । युरोकप क्वाटरफाइनलमा आज इङ्ग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्की खेल्दैछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org