मेलम्ची खोलामा बाढीका कारण बेलिब्रिज बगाउने खतरा
सिन्धुपाल्चोक । लगातारको वर्षापछि मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित चनौटे बजारमा रहेको बेलिब्रिज बगाउने खतरा रहेको छ। बाढीले बेलिब्रिज रहेको भूभाग कटान गरिरहेको छ ।
२०७८ साल साउन १७ गते लेदोसहित आएको मेलम्चीको बाढीले हेलम्बुकै लाइफ लाइनका रूपमा रहेको रातो पुल बगाएपछि सो स्थानमा बेलिब्रिज निर्माण गरिएको थियो। रातो पुल बगाएको सात महिनापछि सञ्चालनमा आएको थियो ।
उक्त बेलिब्रिज जोगाउने प्रयास भइरहेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। सो पुलले हेलम्बुलाई मात्र नभई मेलम्ची नगरपालिका–७ र ८, पाँचपोखरी थाङ्पाल गाउँपालिका–१ र २ का बासिन्दालाई आवतजावत गर्न सहज बनाएको छ । हेलम्बु–४ स्थित बस्ती र विद्यालयसमेत बाढीको जोखिममा रहेको स्थानीय श्याम लामिछानेले बताए ।
Comments
अरु समाचार
-
बुवाको काजकिरिया गर्दै ५ छोरी, भन्छन्– बुवाको त्यागको सम्मान गर्दै किरिया गरेका हौं
सुन्दरहरैंचा (केशव भट्टराई) । मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदीबहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको...
-
महिला फुटबल टिमका प्रशिक्षक तामाङले किन दिए राजीनामा ?
काठमाडौं । साफ महिला च्याम्पियनसिपमा बंगलादेशसँग हारेपछि नेपाली राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन्। बुधबार फाइनल...
-
विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलर स्थिर, यूरो बढ्यो
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर...
-
आज लक्ष्मी पूजा, लक्ष्मीको पूजा गर्दै घरघरमा दीपावली गरिँदै
काठमाडौं । आज लक्ष्मी पूजा । कत्तिक कृष्ण पक्षको औंसीमा लक्ष्मी पूजा गरिन्छ। कात्तिक कृष्ण पक्षको औंसीको रातलाई वर्षका चार...
-
आजको राशिफल: २०८१ साल कार्तिक १५ गते बिहीवार
मेष: मध्याह्नदेखि दैनिकीमा थप परिवर्तन ल्याउन सकिनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ। परिवारजनको साथ र आकर्षक उपहारले...
-
“इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्ब्यवहारको जोखिममा”
बेरुत । लेबनानमाथि इजरायलको आक्रमणबाट भागेका सिरियालीहरूले स्वदेशमा दमनको सामना गर्ने देखिएको ह्युमन राइट्स वाचले बुधबार जनाएको छ। युद्धका कारण...
-
नेपाल र बंगलादेश बिचको फाइनल खेल काठमाडौँका तीन स्थानमा हेर्ने सकिने
काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपको फाइनल खेल हेर्न टिकट नपाएकाहरूलाई काठमाडौँ महानगरपालिकाले विभिन्न तीन स्थानमा खेल हेर्ने व्यवस्था...
-
कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालन
काठमाडौं । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ(२४ नम्बर सीमास्तम्भ) रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ...
-
नेपाल र बङ्गलादेश बिचको खेल हेर्न प्रधानमन्त्री दशरथ रंगशाला जाने
काठमाडौं । गत संस्करणमा भन्दा उत्कृष्ट प्रर्दशनका साथ बलियो प्रतिद्वन्दी भारतलाई पराजित गरेर साफ महिला च्याम्पियनसिपको फाईनल प्रवेश गरेको नेपाल...