ताजा समाचार

कैलालीमा अचेत भेटिएका दुई जनाको मृत्यु

काठमाडौं । कैलालीमा अचेत अवस्थामा भेटिएका २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका-५ बस्ने ५१ वर्षीय सागर विक र अर्का एकजनाको भने परिचय नखुलेको प्रहरीले जनाएको छ ।

दुवैजना मंगलबार लम्कीचुहा नगरपालिकाका छुट्टाछुट्टै स्थानमा अचेत अवस्थामा भेटिएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीका अनुसार विकलाई स्थानीय सडकखण्ड र परिचय नखुलेका अर्का पुरूषलाई लम्कीचुहा नगरपालिका-३ को रानीजमराकुलरिया सिचाइँ आयोजनाको नहरमा अचेत फेला परेका हुन् ।

उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org