गँड्यौलाबाट घरमै कम्पोष्ट मल उत्पादन
काठमाडौं । रासायनिक मलको प्रयोगमा कमी ल्याउने उद्देश्यले गुल्मीमा गँड्यौलाबाट घरमै कम्पोष्ट मल उत्पादन सुरु गरिएको छ ।
पछिल्लो समयमा रासायनिक मलको प्रयोग बढी भएकाले त्यसको प्रतिस्थापन गर्नका लागि धुर्कोट आर्गानिक कृषि तथा गड्यौला मल उत्पादन फर्मले मल उत्पादन गर्न थालेको हो ।
गँड्यौलाबाट उत्पादित मलको प्रयोग गर्दा रासायनिक मलको माग घटने र माटोको उर्वराशक्ति बढेर उत्पादकत्वसमेत वृद्धि हुनेछ । पछिल्लो समय केही किसानले धान, गहुँ, मकै र तरकारी खेतीमा गड्यौला मल प्रयोग गरेर हेर्दा उत्पादन राम्रो भएको देखेपछि यसको माग बढ्दो रहेको धुर्कोट गाउँपालिका ५ का स्थानीय ढुण्डीराज भण्डारीको भनाई छ ।
स्वच्छ कृषि खेतीका लागि गड्यौला मल उत्तम हुने भएकाले गुल्मीमा मल उत्पादन गर्न थालिएको छ । गड्यौला मलको प्रयोग गरी लगाइएको अन्नबालीले खाद्य तथा पोषणमा समेत टेवा पुग्ने उदेशयले मल उत्पादन गन सुरु गरिएको हो । यस मलको प्रयोगले बोट बिरुवा तथा अन्नबाली राम्रो हुने र उत्पादनमा समेत वृद्धि हुने धुर्कोट गाउँपालिका ५ का स्थानीय खिमानन्द भण्डारीले बताए ।
गाउँमै मल उत्पादन फर्म खुलेपछि रासायनिक मलमा भएको निर्भरता पनि हट्दै जाने कार्यालयले विश्वास लिएको छ । हाल २६ क्विन्टल मल बिक्री गरेको र आठ क्विन्टल मल उत्पादन गरेर तयारी अवस्थामा रहेको फर्म सञ्चालक खिमानन्द भण्डारीले बताउनुभयो । मल प्रति केजी ३० रुपियाँको दरले बिक्री वितरण हुँदै आएको छ । हाल चार केजीको बोरामा मल प्याकिङ गरिएको छ ।
कृषि ज्ञानकेन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले यस वर्ष माटो व्यवस्थापन कार्यक्रम मार्फत पाँच लाख पाँच हजार ९४३ रुपियाँ सहयोग गरेको बताए । पहिले माटो परीक्षण गरी फर्मलाई सहयोग गरिएको हो । यसका साथै फर्मबाट उत्पादित मलको ल्याब परीक्षण गरेर मात्र प्रयोगमा ल्याएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले बताए ।
Comments
अरु समाचार
-
नेपाल ल क्याम्पसमा १९ गते स्ववियु चुनाव हुने
काटाडौं । त्रिभुवन विश्वविद्यालयले गत चैत पाँच गते देशैभरिका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गरेको...
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
चन्द्रागिरीमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरी नगरपालिका–२ नागाढुङ्गा ढलानस्थित सडकमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ग१ख...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
इजरायली आक्रमणमा गाजामा १० प्यालेस्टिनीको मृत्यु
काठमाडौं । गाजा पट्टीका विभिन्न ठाउँमा सोमबार भएको इजरायली आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्।...
-
लहानमा २ करोड २९ लाखको आधुनिक तरकारी बजार बन्ने
काठमाडौं । लहान नगरपालिकाले कृषि उत्पादनको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिँदै यहाँको नयाँबजारस्थित खुट्टीखोला किनारामा आधुनिक तरकारी बजार बनाइने भएको छ...
-
दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महा अभियोग लगाउन अस्वीकार
काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसदले पेश गरेको प्रश्तावलाई सोमवार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार...
-
आइपीएलमा आजः दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स भिड्ने
काठमाडौं । विश्वकै सबैभन्दा चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आई.पी.एल.) क्रिकेटको १८औं संस्करण आज एक खेल हुँदैछ...
-
घ्याम्पेसालदेखि ताकुकोट जाने सडकखण्ड चार दिन बन्द
काठमाडौं । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–६ को बहाकोटदेखि वडा ७ को वडा कार्यालय पाँचखुवा देउरालीसम्मको मुख्य सडक चार दिनको लागि...