ताजा समाचार

राप्रपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने जनाएको छ ।

बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा समसामयिक विषयमा छलफल हुनेछ ।

यस्तै, कांग्रेस–एमालेबीचको नयाँ समीकरणमा सहभागी हुने–नहुने, प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभामा लिने विश्वासको मतको प्रस्तावलगायत विषयमा छलफल हुने बताइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org