ताजा समाचार

पृथ्वी राजमार्ग एकतर्फी खुल्यो

काठमाडौं । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग एकतर्फी रुपमा खुलेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–३ मौवाखोला नजिकै आज बिहान पहिरो खस्दा राजमार्गमा पूर्णरुपमा यातायात अवरुद्ध भएको थियो ।

अहिले पहिरो पन्छाइ एकतर्फी यातायात सञ्चालनमा ल्याएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार आवागमन दुईतर्फी नै सञ्चालन गर्न केही समय लाग्नेछ । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org