ताजा समाचार

सुशासन हुन थालेपछि डराएका कांग्रेस र एमाले जोडिए : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशमा सुशासन आउन थालेपछि नेपाली कांग्रेस र नेकपा एमाले मिलेको बताएका छन् । शुक्रबार विश्वासको मत लिनका लागि प्रतिनिधिसभामा आफ्ना भनाइ राख्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘हिजो पनि संसद् विघटन गर्दा जोगाउन लागिएकै हो । आगामी दिनमा पनि त्यसरी नै बचाउन लागिने छ । म प्रधानमन्त्री रहुँला नरहुँला मलाई चिन्ता छैन’, उनले भने, ‘म प्रधानमन्त्री हुँदै कति दिन रहन्छु भन्ने थाहा थिएन। जब सरकारबाट सुशासन कायम हुन थाल्यो, तब त्यही डरले कांग्रेस र एमाले जोडिए ।’

उनले सामन्यतस् लोकतन्त्रमा मुख्य प्रतिस्पर्धी दलले सरकार नबनाउने बताउँदै कांग्रेस र एमाले मिलेर देशलाई प्रतिगमनतिर लैजान खोजेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org