ताजा समाचार

त्रिशूली नदीमा खसेका बस भेटिएनन्,आजलाई खोजी तथा उद्धार कार्य स्थगित

काठमाडौं । बिहानै देखि खोजी गर्दा पनि पहिरोले त्रिशूली नदीमा खसेका दुई वटा बस अहिलेसम्म फेला परेका छैनन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज दिनभर खोजी कार्य गरे  पनि  वेपत्ता भएका दुबै बस अहिलेसम्म भेटिएका छैनन् ।

प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं.२९ सिमलतालमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विरिङ र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस नभेटिएका हुन् । प्रहरीका अनुसार  बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको जानाइएको छ ।

अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । अहिलेसम्म यात्रुको अवस्था अज्ञात रहेको र आजका लागि खोजी कार्य स्थगित भएको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org