ताजा समाचार

प्रधानमन्त्री ओलीद्वारा पदभार ग्रहण

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पदभार ग्रहण गरेका छन् ।

सोमबार पद तथा गोपनीयताको शपथग्रहणसँगै सिंहदरबार पुगेर उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको पदभार ग्रहण गरेका हुन्।

उनले त्यसअघि लैनचौरस्थित सहिद स्मारक पुगेर सहिदहरूको सालिकमा माल्यार्पण गरेका थिए ।

उनी नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल पनि पुगेका थिए ।

प्रधानमन्त्रीसहित सबै नवनियुक्त मन्त्रीहरूले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथग्रहण गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org