दुई बस त्रिशूलीमा खसेको ५ दिनपछि सिमलताल पुगे रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने गत शुक्रबार पहिरोले दुईवटा बस बगाएर त्रिशूलीमा खसालेको सिमलतालमा ५ दिनपछि पुगेका छन् । निवर्तमान गृहमन्त्रीसमेत रहेका उनी सरकारबाट बिदा भएपछि भरतपुर महानगरपालिका-२९ सिमलतालस्थित दुर्घटनास्थल पुगेर अवलोकन गरेका हुन् ।
उनी गृहमन्त्रीमा बहाल रहेकै बेला गत शुक्रबार बिहान ३ बजे पहिरोले दुईवटा बस बगाउँदा कम्तीमा पनि ६० जना यात्रु बेपत्ता भएका थिए । गृहमन्त्री रहेका बेला उनले उद्धारमा तीव्रता दिन निर्देश दिएका थिए । गृहमन्त्रीबाट हटेलगत्तै उनी सिमलताल पुगेर बेपत्ताका आफन्तलाई पनि भेटेका हुन् । चितवन क्षेत्र नम्बर २ का सांसदसमेत रहेका उनी त्यति ठूलो घटनापछि उनी सिमलताल नपुगेको भन्दै आलोचना भइरहेको थियो ।
लामिछाने मंगलबार बिहान सिमलताल पुगेर घटना विवरण र उद्धारको प्रगतिबारे जानकारी लिएको उनको सचिवालयले जानकारी दिएको छ । दुईवटा बस बगाएको घटनास्थल सिमलताल रविकै निर्वाचन क्षेत्रमा पर्छ । गत शुक्रबार बिहान ३ बजेको समयमा काठमाडौंबाट रौतहटको गौर गइरहेको एञ्जल यातायातको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको पहिरोमा सोहोरिएर त्रिशूलीमा खसेको थियो । जुन काउन्टरबाट टिकट काटेर चढेका ४ जना महिला र २३ जना पुरुष थिए ।
पहिरोले सोहोरेर वीरगञ्जबाट काठमाडौं गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको गणपति डिलक्सको बस पनि त्रिशूलीमा खसेको थियो । जसमा ५ महिलासहित ३८ जना यात्रुले काउन्टरबाट टिकट काटेर चढेका थिए ।
पहिरोले सोहोरेर त्रिशूलीमा झारेपछि गणपति डिलक्समा सवार ३ यात्रु भने बाँच्न सफल भएका छन् । बेपत्ता बसमा सवार १५ जना यात्रुको शव घटनास्थलबाट ४० देखि ५० किलोमिटर दक्षिणस्थित नारायणीमा भेटिएका छन् ।
Comments
अरु समाचार
-
प्रधानमन्त्रीको अध्यक्षतामा शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न
काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा उच्चस्तरीय शासकीय सुधार आयोगको पहिलो बैठक सम्पन्न भएको छ । बुधवार सिंहदरबारमा सम्पन्न बैठकमा...
-
ट्रम्पलाई इरानको ठाडो चुनौति, अमेरिकाले अब के गर्छ ?
काठमाडाैं । मध्यपूर्वको तनाव थप बढ्ने देखिएको छ । इरान–इजरायल युद्ध थप उग्र बन्दै गएपछि अवस्था खराब हुने संकेत देखिएको...
-
सर्वोच्चले गर्यो दीपक मनाङेको सांसद पद खारेज
काठमाडौं । गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव गुरुङ 'दिपक मनाङ्गे'को सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले मनाङ्गेको सांसद...
-
इजरायलबाट उद्दार तथा स्वदेश फिर्ताका लागि दूतावासले थाल्यो अनलाइन रजिष्ट्रेसन
काठमाडौं । इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले इजरायलमा रहेका नेपालीको उद्दार गर्न रजिष्ट्रेसन प्रक्रिया शुरु गरेको छ । तेल अभिभस्थित...
-
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच वालुवाटारमा भेटवार्ता
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसंग डेढ घण्टा लामो छलफल गरेकी छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पूर्वराष्ट्रपति...
-
विभिन्न जिल्लाका प्रजिअसहित २१ कर्मचारीको सरूवा
काठमाडौं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रजिअसहितका २१ कर्मचारीको सरूवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको निर्णयानुसार राजपत्राङ्कित प्रथम र...
-
इरानी नेता खोमिनीलाई आत्मसमर्पण गर्न ट्रम्पले दिए सुझाव
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सर्वोच्च नेता आयतुल्लाह खोमिनीलाई आत्मसमर्पण गर्न सुझाव दिनुभएको छ । ट्रम्पले तत्कालका लागि...
-
किन बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ?
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले...
-
टी-२० क्रिकेट: स्कटल्यान्डमाथि नेपालको दुई विकेटको जित
काठमाडौं । स्कटल्यान्डमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोलीलाई हराएको छ ।गएराति भएकोे खेलमा...