अख्तियारको नाम बेच्ने रौतहटका यी नटबरलाल
गौर । एकजना बहुरुपी ठेकेदारका कारण रौतहट जिल्लाको सरकारी कार्यालयका कर्मचारीहरू दिग्भ्रमित हुने गरेका छन् । आफ्नो अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग नजिकको सम्बन्ध रहेको भन्दै जिल्लाका सरकारी कर्मचारीहरूलाई थर्काएर ठेक्का फुत्काउने पूर्व वनपाले उनी हुँदै नभएको पावरको भ्रम छर्नमा माहिर छन् ।
कुनै समय सामान्य ठेकेदारको परिचय बनाएका गौर नगरपालिका वडा नं ५ निवासी यी यादवले नियम मिचेर ठेक्का नदिएको रिसमा जिल्ला विकास समितिका तत्कालीन प्रमुख वसन्त भण्डारीको क्वार्टरको भान्छाको टेबलमा पैसा राखेर अख्तियार लगाइ छापा मार्न लगाएका थिए । बसन्त भण्डारीलाई पक्राउ गर्न लगाएसँगै उनको नाम सुन्नेबित्तिकै रौतहटका सरकारी कार्यालयहरू थर्कमान हुने गरेका छन् ।
दाजुभाइसँग सम्पतिकाे निहुँमा झगडा गरिरहने यिनी बेलाबेलामा मात्र गौर आउँछन् । कुनैबेला नेकपा माओवादी निकट उनी प्रभु साहको घनिष्ठ थिए । प्रभुले पनि पछिल्लो समय पत्याउन छाडेपछि माधव नेपाल नजिक भए । माधव नेपालको नजिक भएपछि जापान सरकारको सहयोगमा गौरमा बन्दै गरेको कलाकुञ्ज पुस्तकालयको भवन अलपत्र छाडिदिए । करिब ५ करोडको लागतमा बन्ने भन्दै तत्कालीन जापानीज राजदूत र माधव नेपालले संयुक्त रुपमा शिलान्यास गरेको सो पुस्तकालय र गौरको चारतले भवन निर्माणका लागि यादवले श्रीमती रिना रायलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका थिए । गौर नगरपालिकाको मेयर शम्भु शाहले खासै वास्ता नगरेपछि सो भवन अलपत्र छाडेर काठमाडौँतिर बस्न थालेको र नगरपालिकाले आफ्नै लगानीमा बाँकी काम गराउँदै गरेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
ठेक्का पट्टाको काम आफूले भनेअनुसार नभए अख्तियार ल्याएर दुःख दिने गरेका यादवले केही समय गौरमा हेल्पलाइन नेपाल नामक गैरसरकारी संस्थामार्फत समेत बजेट ल्याएर घोटला गरेका थिए । नेकपा माओवादी, प्रभु साह, माधव नेपाल हुँदै यादव यतिबेला केपी ओली सत्तामा फर्कनासाथ नेकपा एमालेका नेताहरुको दैलो धाउन थालेको स्थानीयको भनाइ छ ।
भारतको बिहार राज्यमा पछिल्लो ससुराली भएका यादवले आफ्नै जेठी श्रीमतीको हत्या गरेको हुनसक्ने नजिकका आफन्तहरूको भनाइ छ । उनले श्रीमतीको काकाको छोरीसँग प्रेम गरेकाे र श्रीमतीलाई भने बिहारमा लगेर पाठेघर फालेका उनी निकटले सञ्चारमाध्यमलाइ जानकारी दिएका छन् । त्यसपछि ‘अब तँ बाट बच्चा हुँदैन, तेरै बहिनी बिहे गर्छु ‘ भन्दै फकाइ-फुल्याइ गरेर सालीसँग विवाह गरेका थिए । सालीसँग विवाह भएको केही वर्षपछि जेठी श्रीमतीलाई उपचारको नाममा बिहार लगे । तर छरछिमेकीले त्यसको एक वर्षपछि मात्र श्रीमतीकाे उतै सद्गगत गरेको थाहा पाएको पूर्वमेयर अजय गुप्ताका पिएले जानकारी दिएका छन् । अहिले उनी गौर आएको बेला भारतीय दूतावासबाट कसलाई के सहयोग चाहियो भन्दै भ्रम छर्ने गरेको अवस्था छ ।
Comments
अरु समाचार
-
अग्नि सापकोटा र भिजिट भिसा प्रकरणमा प्रचण्डः वाहियात कुप्रचार चलिरहेको छ
विराटनगर । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद खुलाउनका लागि सत्तारुढ दल कांग्रेस-एमालेसंग भएको सहमति आफ्नो पार्टीका...
-
इरानमाथि इजरायलले आक्रमण गरेर सार्वभाैमिकताको हनन गर्योः चीन
काठमाडाैं । इजरायलले इरानमा आक्रमण गरेपछि चीनले आक्रमणको कडा निन्दा गरेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्को आपतकालीन बैठकमा...
-
कानूनअनुसार न्याय खोजिएको हो, पाठकको मिडिया प्रेस काउन्सिलमा दर्ता रहेनछ: आरजु
काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कानून अनुसार न्याय खोज्दा घेरबन्दी भएको आरोप लगाएकी छन् । नेपाल रिपब्लिक मिडिया (नागरिक...
-
इजरायलले गर्यो इरानमा हमला, आक्रमणबारे अहिलेसम्म हामीलाई के थाहा छ ?
काठमाडाैं । इजरेलले इरानको परमाणु कार्यक्रमहरूमा हमला गरेको इजरेली डिफेन्स फोर्सले बताएको छ । इरानको राजधानी तेहरानका विभिन्न स्थानमा विस्फोटका...
-
न्यायाधीशमाथिको दुर्व्यवहार दणडनीयः संवैधानिक कानून व्यवसायी मञ्च
काठमाडाैं । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुशीराम थारुमाथि भएको दुर्व्यवहारमाथि संवैधानिक कानून व्यवसायी मञ्चले विरोध जनाएको छ ।...
-
एयर इन्डिया जहाज दुर्घटना : २०४ जनाको मृत्यु पुष्टि
काठमाडौं । गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ । अहमदाबादबाट लन्डनका...
-
नेपाल र वेस्ट इन्डिजबीच टी २० आई सिरिज (खेल तालिका सहित)
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोली र वेस्ट इन्डिजबिचको ऐतिहासिक टी–२० शृंखला खेल्ने घोषणा गरेसँगै आम नेपाली क्रिकेट...
-
जसपाका मधेश प्रदेश सांसद सिंह अनामनगरबाट पक्राउ
काठमाडौं । जनता समाजवादी पार्टीका मधेश प्रदेशका सांसद सरोज कुमार सिंह पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...
-
बालेनविरुद्ध अख्तियारमा मुद्धा दर्ता, यस्तो छ आरोप..
काठमाडौं । युवराज पौडेल सफलले काठमाडौं महानगरपालिकाका प्रमुख मेयर बालेन्द्र शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्धा दर्ता गरेका छन् ।...