ताजा समाचार

मौद्रिक नीति आज सार्वजनिक नहुने

काठमाण्डौं । चालू आर्थिक वर्षका लागि आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति स्थगित भएको छ। आज दिउँसो ४ बजे ल्याउने तयारी भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको राष्ट्र बैंक स्रोतले  जानकारी दिएको छ ।

केही ठाउँबाट आउनुपर्ने तथ्याङ्क पनि आइनसकेको र पछिल्लो राजनीतिक घटनाक्रमले परिस्थिति पनि केही परिवर्तन भएकाले मौद्रिक नीतिको तयारी नपुगेको बुझिएको छ ।

स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा.युबराज खतिवडालाई नियुक्त गरेपछि मौद्रिक नीतिमा उनले पनि चासो राखेको र बिफ्रिङ गर्नुपर्ने भएकाले मौद्रिक नीति सार्वजनिकको मिति अर्को हप्तालाई सारिएको हो । गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री बिष्णु पौडेललाई मौद्रिक नीतिबारे यसअघि नै जानकारी गराइससकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org