ताजा समाचार

कांग्रेस संसदीय दलको बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक आह्वान गरेका छन् । बैठक आइतबार मध्याह्न १२ बजे नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने गरी बोलाइएको छ ।

सत्ता घटकको मुख्य दल कांग्रेसले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट लिने विश्वासको मत र समसामयिक राजनीतिक विषयमा छलफलका लागि बैठक बोलाएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org