प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा पसिना
काठमाडौं । प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ। सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ।
भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो १:४७ देखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ।
पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ। मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन्। सिला एक्कासि चम्किलो भएर तप-तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन्।
सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार र राष्ट्रपतिलाई खबर पुर्याइने जानकारी दिए।
सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ। पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ। कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ।
Comments
अरु समाचार
-
गाजामा इजरायली हमलामा बालबालिकासहित ३३ जनाको मृत्यु
काठमाडौं । इजरायलले विस्तारित सैन्य अभियानको घोषणा गरेको एक दिनपछि गाजाको नागरिक सुरक्षा एजेन्सीले आइतबार इजरायली हवाई आक्रमणमा कम्तीमा ३३...
-
२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद समापन
काठमाडौं । जलवायु संकट समाधानका लागि साझा समझदारीको सन्देशसहितको घोषणापत्र जारी गर्दै पहिलो पटक आयोजना गरिएको सगरमाथा संवाद २०२५ सम्पन्न...
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनका कारण हिमालदेखि टापुसम्म उत्पन्न समस्याबारे आवाज उठाउन सगरमाथा संवाद सफल भएको...
-
हैदरावादमा आगलागी हुँदा १७ को ज्यान गुम्यो
काठमाडौं । आइतबार बिहान हैदराबादको चारमिनार नजिकै रहेको गुलजार हाउसको एक भवनमा आगलागी भएको छ। दुर्घटनामा हालसम्म १७ जनाको मृत्यु...
-
संविधानविरोधी तत्व सल्बलाए, हाई अलर्टमा रहन आईजीपीको निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कानूनको कार्यान्वयन, जनताको जीउधनको सुरक्षा र जनजीवनलाई सहज बनाउने कामलाई महत्त्व दिन मातहतका...
-
फिनल्यान्डमा दुई हेलिकोप्टर जुध्दा पाँच जनाको मृत्यु
काठमाडौं । फिनल्यान्डमा दुई हेलिकोप्टर एकापसमा जुध्दा पाँच जनाको मृत्यु भएको छ । पश्चिमी फिनल्यान्डमा आकाशमै दुई निजी हेलिकोप्टर ठोक्किँदा...
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुरा गरी युक्रेनमा ‘रक्तपात’ अन्त्य गर्ने बताउनुभएको छ...
-
‘कांग्रेसको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्ने बताएका छन्। कांग्रेस स्याङ्जा क्षेत्र नं.१ को...
-
एमाले उपमहासचिव गुरुङ सम्मानित !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ सम्मानित भएका छन् । एमाले लमजुङको नवौँ जिल्ला अधिवेशन परिषद्को प्रथम...