महिला एसिया कपः नेपाल र पाकिस्तान भिड्दै
काठमाडौं । एसीसी महिला एसिया कप क्रिकेटमा विजयी सुरुवात गरेको नेपालले दोस्रो खेलमा आज पाकिस्तानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र पाकिस्तानको भिडन्त श्रीलंकाको डम्बुला मैदानमा आइतबार साँझ ७ः१५ बजे सुरु हुँदैछ।
नेपाल पहिलो जितले उत्साह साथ बलियो प्रतिद्वन्द्वीविरुद्ध मैदानमा उत्रिने तयारीमा छ । पाकिस्तान नेपालसँगको प्रतिस्पर्धामा पहिलो जितको खोजीमा हुनेछ। प्रतियोगितामा जम्मा आठ टोली सहभागीता रहेको छ । नेपाल समुह ‘ए’ मा रहेको छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छन्।
त्यस्तै समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन्। अहिलेसम्म समूह चरणका एकएक खेल सम्पन्न भइसकेका छन्। समूह ‘ए’मा समान दुई अंकसहित भारत र नेपाल पहिलो र दोस्रो स्थानमा छन् भने पाकिस्तान र यूएईले खाता खोल्न सकेका छैनन्। समूह ‘बी’मा श्रीलंका र थाइल्याण्ड दुई अंकसहित पहिलो र दोस्रो स्थानमा छन् भने बंगलादेश र मलेसियाले खाता खोल्न सकेका छैनन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।
पहिलो खेल युएई विरुद्ध खेलेको नेपालले जित निकालेर सुखद सुरुवात गरिसकेको छ । नेपालको जितमा ब्याटिङतर्फ सम्झना खड्का र बलिङमा कप्तान इन्दु बर्माको योगदान महत्त्वपूर्ण रहयो। श्रीलंकाको डम्बुला शुक्रबार मैदानमा टस जितेर सुरुमा बलिङ गरेको नेपालले यूएईले ८ विकेटको क्षतिमा दिएको ११६ रनको लक्ष्य १६.१ ओभरमा चार विकेटको क्षतिमा ११८ रन बनाउँदै पूरा गरेको हो।
समान एक खेल खेलेको भारत समान दुई अंक भएको भारत रनरेटको आधारमा तालिकाको शीर्ष स्थानमा छ। पहिलो खेलमा भारतले शुक्रबार पाकिस्तानलाई सात विकेटले हराएको हो। पाकिस्तानले दिएको १०९ रनको लक्ष्य भारतले १४.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टाएको थियो ।
नेपालले समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो।
Comments
अरु समाचार
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश
कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...
-
‘त्रिवि क्रिकेट मैदानको फ्लडलाइट जडान ठेक्का सम्झौता बदनियतपूर्ण’
काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदान परिसरमा फ्लड लाइट जडानसम्बन्धी ठेक्का सम्झौता बदनियतपूर्ण भएको खुलासा भएको छ । युरोप...
-
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा रङ्गशालामा मैत्रीपूर्ण फुटबल
काठमाडौं । नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबिच दशरथ रङ्गशालामा फागुन ३ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ ।...
-
आगामी पाँच वर्षभित्र नेपालले टेस्ट क्रिकेट खेल्छ : आसिफ शेख
काठमाडौं । नेपाली क्रिकेटको विकास र भविष्यबारे विशेष चर्चा गरिएको नेपाल क्रिकेट: संघर्षदेखि सफलताको उत्सवसम्म कार्यक्रम राजधानीमा सम्पन्न भएको छ।...
-
एसियन एम्पुटी फुटबलमा आज नेपाल र उज्वेकिस्तान भिड्दै
काठमाडौं– एसियन एम्पुटी फुटबल च्याम्पियनसिप प्रतियोगितामा आज नेपाल र उज्वेकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान साढे ११ बजे बङ्गलादेशको ढाकास्थित...
-
महिला टी-२०आई शृंखलामा नेपालको कमजोर प्रर्दशन, लगातार ६ खेलमा जितविहीन
काठमाडौं । काठमाडौंको क्रिर्तिपुरमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल जितविहीन बनेको छ । शुक्रबार भएको...
-
एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु
काठमाडौं । रुपन्देहीको एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियममा फ्लड लाइट जडानको काम सुरु भएको छ । शुक्रबार रुपन्देहीमा पत्रकार सम्मेलनको आयोजना...
-
१० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिको निर्देशन
काठमाडौं । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद तोकिएकै समयमा सम्पन्न गर्न संसदीय समितिले निर्देशन दिएको छ । शुक्रबार...