ताजा समाचार

नेपाल र चिनियाँ पर्वतारोहण संघबीच सहकार्य गर्ने द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल पर्वतारोहण संघ र चिनियाँ पर्वतारोहण क्षेत्रमा काम गर्ने चिनियाँ सरकार मातहतको सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच द्विपक्षीय सहकार्य सम्बन्धी सम्झौता भएको छ ।

नेपाल पर्वतारोहण संघले अन्तर्राष्ट्रिय निकाय वा सरकारसँग गरेको यो अहिलेसम्मकै ठूलो सम्झौता भएको बताएको छ । दुई संस्थाबीच हाइ अल्टिच्यूड माउन्टेन रेस्क्यू मेकानिजम स्थापना गर्ने सहमति भएको छ ।

नेपाल र चीनका सरकारी प्रतिनिधि र संघका प्रतिनिधि रहने यस्तो मेकानिजमले उद्धारको कामलाई छिटो, छरितो र प्रभावकारी बनाउने संघले उल्लेख गरेको छ ।संघ र सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघबीच संस्कृतिको प्रवर्द्धन गर्ने सहमति समेत भएको छ ।

त्यसका लागि दुवै निकाय मिलेर हिमालयन माउन्टेनियरिङ कल्चरल सेन्टर निर्माण गर्ने सहमति समेत भएको छ । दुई निकायबीच दुवै देशको सीमा क्षेत्रमा रहेको सगरमाथा क्षेत्रको वातावरण संरक्षणलाई विशेष प्राथमिकता दिएर काम गर्ने सहमति समेत भएको छ ।

सगरमाथा लगायतका हिमालको आरोहणमा जाने आरोहीलाई थप जिम्मेवार बनाउँदै हिमाली वातावरणको संरक्षणमा काम गर्ने समेत सहमति भएको छ । दुई निकायबीच आरोहण क्षेत्रमा अनुभवि जनशक्ति उतपादन गर्ने सहमति समेत भएको छ ।

सिचाङ स्वशासित क्षेत्र खेलकुद महासंघले उच्च स्तरको पर्वतारोहण तालिम लिन जनशक्ति अब आरोहीलाई नेपाल पठाउने भएको छ । उच्च पर्वतारोहण क्षेत्रमा दुई देशबीचको ज्ञान, सीप आदान प्रदान तथा दुर्घटनामा तत्काल उद्धारमा सहकार्य गर्ने बारे द्विपक्षीय सम्झौता भएको हो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org