वैशाख र जेठमा धेरै आयात भएको विद्युतीय गाडी असारमा घट्यो
काठमाडौं । बजेट अगाडि वैशाख र जेठमा ठूलो संख्यामा आयात भएको विद्युतीय गाडी (ईभी)असारमा भने घटेको छ । सरकारले गत १५ जेठमा ल्याएको बजेट मार्फत विद्युतीय गाडी (ईभी) मा लाग्ने कर बढाएको छ । आर्थिक विधेयक मार्फत इन्ट्री लेभलदेखि सबै गाडीमा भन्सार र अन्तःशुल्क गरेर सरकारले १० प्रतिशत कर बढाएको छ ।
भन्सार विभागका अनुसार गत आर्थिक वर्षमा कुल ११ हजार ७ सय १ युनिट ईभी (कार, जिप, भ्यान) भित्रिएका छन् । जसमध्ये असारमा २ सय ३५ युनिट भित्रिएको हो । गत वैशाखसम्म ८ हजार ४ सय ९७ युनिट ईभी आयात भएकोमा जेठमा मात्रै २ हजार ९ सय ६९ युनिट विद्युतीय गाडी आयात भएको थियो ।
वैशाखमा १ हजार ४ सय ४ युनिट ईभी आयात भएको थियो । वैशाख र जेठमा मात्रै करिब साढे ४ हजार युनिट ईभी आयात भएकोमा असारमा भने २ सय ३५ मा मात्रै सीमित भएको हो । बजेटमा कर बढाउन अगाडि नै ईभी आयात गरेको व्यवसायीले स्टक क्लियरेन्स गर्नुपर्ने हुँदा असारमा आयात घटाएका हुन् ।
सरकारले गत वर्ष १५ जेठ २०८० मा ल्याएको आर्थिक विधेयक मार्फत पनि इन्ट्री लेभलका गाडीको कर बढाएको थियो । उक्त आर्थिक विधेयक मार्फत ५० किलोवाटसम्मका सवारीमा १० प्रतिशत भन्सार महसुल लाग्ने व्यवस्था गरेको थियो । ५० देखि १ सय किलोवाटसम्मका ईभीका हकमा १० प्रतिशतबाट बढाएर भन्सार महसुल १५ प्रतिशत पुर्याइएको थियो । सोही रेन्जको गाडीमा गत वर्षदेखि १० प्रतिशत अन्तःशुल्क पनि पुर्याएको थियो ।
१५ जेठ २०८१ मा आएको आर्थिक विधेयक मार्फत पनि ईभीमा कर बढेको छ । ५० किलोवाट र ५१ देखि १०० किलोवाट क्षमतामा भन्सार र अन्तःशुल्क ५र५ प्रतिशतले बढाएको छ । १०१ देखि २०० किलोवाटसम्म भन्सार यथावत् राखेर अन्तःशुल्क बढाएको हो । त्यसभन्दा माथि २०१ देखि ३०० किलोवाटसम्म भन्सार घटाएर अन्तःशुल्क बढाएको छ । ३०० किलोवाटभन्दा बढी क्षमतामा पनि भन्सार घटाउर अन्तःशुल्क बढाएको हो ।
कर बढ्नु अगाडि इन्ट्री लेभलका ईभीको आयात उच्च देखिएको पनि कर बढे पनि आयात घटेको हो । असारसम्म भित्रिएका ईभीमध्ये ५० किलोवाटसम्म रेन्जका ४ हजार ५ सय ७१ र ५१ देखि १ सय किलोवाटसम्मको रेन्जका ६ हजार ८ सय ८५ युनिट ईभी भित्रिएका छन् ।
यस्तै १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ईभी २१७ युनिट भित्रिएको भन्सार विभागको तथ्यांक छ । २ सय १ देखि ३ सय किलोवाटसम्मको रेन्जका ईभी २७ वटामा मात्रै आउँदा ३०० किलोवाटभन्दा माथिको एक युनिट आएको छ । असारमा १ सय १ देखि २ सय किलोवाटसम्मको रेन्जका ८ वटा मात्रै गाडी आयात भएका छन् भने ५० किलोवाटसम्मको गाडी २२७ गाडी भित्रिएका हुन् ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा ८५ अर्ब ७४ करोडको गाडी आयात भएको छ । जसमध्ये २९ अर्ब ४८ रुपैयाँ बराबरको ईभी (कार, जिप, भ्यान) मात्रै भित्रिएका छन् । विद्युतीय गाडी आयातबाट सरकारले १३ अर्ब २९ करोड रुपैयाँ राजस्व प्राप्त गरेको भन्सार विभागले जनाएको छ ।
Comments
अरु समाचार
-
अझै नियन्त्रणमा आउन सकेन प्लाई उद्योगको आगलागी
काठमाडौं । गएराति २ बजेदेखि साङ्ग्रिला प्लाई उद्योगमा सुरू भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । दाङको घोराही उपमहानगरपालिका–९...
-
वीरगञ्ज नाकाबाट एक खर्ब २२ अर्बको पेट्रोलियम पदार्थको आयात
काठमाडौं । चालु आर्थिक वर्षको आठ महिनामा वीरगञ्ज नाका भएर एक खर्ब २२ अर्ब २० करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ...
-
नयाँ बसपार्कमा यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा
काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कभित्र यात्रुलाई दुःख दिने ३७० जना कारबाहीमा परेका छन् । देशभरका यातायात व्यवसायीहरुको छाता संस्था नेपाल...
-
प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दै छ, जसमा प्रमुख एजेन्डा संक्रमणकालीन न्याय हुने बताइएको छ। राजसंस्था...
-
पूर्वराजा ज्ञानेन्द्र शाह पक्राउ पर्न लागेका हुन् ?
काठमाडाैं । राजगद्दीका लागि मरिहत्ते गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले चालिरहेको कदम सफल हुने कुनै छाँट देखिएको छैन् । अहिले पूर्वराजा...
-
निजी वकिललाई सरकारी कार्यालयमा निषेध गर्ने रमन अहिले फकाउँदै
काठमाडाैं । भनिन्छ नि मानिसले आफ्नो कर्मको फल आफैँले बेहोर्नुपर्छ । त्यस्तै हुँदै छ, देशभरका वकिलहरूको साझा संस्था नेपाल बार...
-
पूर्वराजा शाहलाई राप्रपाको अध्यक्ष बनाउन देउवाको सुझाव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुझाव दिएका छन् । शाह संवैधानिक राजा...
-
दलितको घर भत्काइएका बारेमा छानबिन गर्न संसदीय समिति गठनको माग
काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञ गर्ने भन्दै सोही स्थानका दीपक मल्लिकको घर भत्काइएको घटनाको...
-
सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे चैत २० गते उज्वेकिस्तान जाने भएका छन् । अन्तरव्यवस्थापिका संघ (आईपीयू)को १५० औं महासभामा...