ताजा समाचार

सेयर बजार २८ महिनाकै उच्च विन्दुमा, १४ अर्बमाथिको कारोबार

काठमाडौं । नेप्से परिसूचक २५ सय अंकमाथि पुगेको छ । साताको तेस्रो कारोबार दिन बजार ७५.३३ बढेर २५६३.४३ मा कायम भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ। अघिल्लो दिनको कारोबारमा नेप्सेमा दुई अंकको करेक्सन आएको थियो।

यस दिन २२० कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको सेयर मूल्य घटेको छ। दुई कम्पनीको सेयर मूल्य स्थिर छ । उच्च अंकले बजार बढ्दा बोटलर्स नेपाल (बालाजु) लिमिटेड, समृद्धि फाइनान्स, मान्डु हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट, नेपाल वेयर हाउस लिमिटेड र साहास ऊर्जाको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

बजार बढे पनि कारोबार आइतबारको तुलनामा घटेको छ । मंगलबार १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ बराबरको तीन करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयर एक लाख ७१ हजार ३८७ पटकमा खरिद बिक्री भएको छ । आइतबार बजार बढ्दा १५ अर्ब माथिको कारोबार भएको थियो ।

समूहगत उपसूचकतर्फ १३ वटै समूहको सूचक बढेको छ । जसमा सबैभन्दा धेरै व्यापार समूह ५.०६ प्रतिशतले बढेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org