ताजा समाचार

बागमतीका मुख्यमन्त्री लामाले आज शपथ लिँदै, १३ सदस्यीय मन्त्रिपरिषद गठन हुने

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिं लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जनाएको छ ।

लामा मंगलबार संविधानको धारा १६८ को ९२० अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन रहेको छ ।

संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो । बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org