ताजा समाचार

विदेशी मुद्रा सटहीको सीमा बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सटहीको सीमालाई वृद्धि गरेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि मौद्रिक नीतिमार्फत नयाँ व्यवस्था गर्दै विदेशी विनिमयमा भएको सीमालाई बढाएको हो ।

गभर्नर महाप्रसाद अधिकारीले विदेशी विनिमय व्यवस्थापन गर्न राहदानीमार्फत सटही हुने विदेशी मुद्राको सीमालाई सहजीकरण गर्ने घोषणा गरेका हुन् । ड्राफ्टरटीटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सटही सुविधाको विद्यमान सीमा अमेरिकी डलर ३५ हजारबाट वृद्धि गरी अमेरिकी डलर ५० हजार कायम गरिएको छ ।

आयातका लागि ६० हजार डलर तोकिएको सीमा बढाएर १ लाख डलर पुर्याइएको छ भने नेपालमा खोलिएको परिवर्त्य खाताबाट भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।सुन आयात र बिक्री वितरणसम्बन्धी विद्यमान व्यवस्थामा अध्ययन गर्ने र चाँदी आयातको वर्तमान अवस्थाबारे पुनरावलोकन गर्ने बताइएको छ ।

यस्तै, विप्रेषण आप्रवाह, भ्रमण, व्यापार लगायतका क्रियाकलापलाई थप सहज हुने गरी सटही गर्न सकिने विदेशी मुद्राहरूको विद्यमान सूची पुनरावलोकन गरिने राष्ट्र बैंकले घोषणा गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org