ताजा समाचार

प्रतितोला १६०० रुपैयाँले बढ्यो सुनको मुल्य

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

बिहीबार सुन तोलाको १६ सयले बढेर एक लाख ४९ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मूल्य तोलाको १ लाख ४७ हजार ८ सय रहेको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला १ लाख ४८ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला २० रुपियाँले बढेर तोलाको १८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org