ताजा समाचार

पोखरा उडेको बुद्ध एयरको जहाज किन उडेको केही बेरमै काठमाडौं फर्कियो ?

काठमाडौं । काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाज उडेको केही समयमा नै काठमाडौं फकिएको छ । जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज फर्किएर काठमाडौंमा नै ल्याण्ड गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाले बताए ।

उनले भने, ‘काठमाडौंबाट पोखरा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि पुन काठमाडौं नै आएर अवतरण गरेको छ । यात्रु र जहाजमा केही क्षति भएको छैन । ४ बजेर ५ मिनेटमा जहाज काठमाडौंमा नै आएर ल्याण्ड गरेको हो ।’ काठमाडौंबाट पोखरा उडेको उडान नं ६५५ कल साइन ९ एन– एएमडीमा बुद्धको जहाज काठमाडौंमा नै फर्किएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org